×

आफ्नो टाउकोमा लहराइरहेको सुन्दर कपाल बनाउनु धेरैको चाहना हुन्छ । प्रदुषण र खराब पानीले धेरैले कपाल झर्न तथा टुक्रिनबाट बचाउन सक्दैनन् । यसका लागि विभिन्न केमिकल ट्रिटमेन्ट गर्छन् ।

त्यस्तै हिजोआज सुन्दर कपाल पाउन भन्दै केराटिनको ट्रिटमेन्ट गर्ने चलन एकदमै बढिरहेको छ । घुमेको कपालबाट छुट्कारा र रेशमी सिधा कपाल बनाउन महिलाहरु केराटिन ट्रिटमेन्टमा आकर्षित भइरहेका छन् ।

हालै प्रकाशित भएको एक अध्ययनअनुसार केराटिन ट्रिटमेन्टको एकदमै नराम्रो असर मिर्गौलामा पर्न सक्ने देखिएको छ ।

केराटिन बेस्ड हेयर स्ट्रेनिङ उत्पादनमा ग्लाइआक्सिलिक एसिड पाइन्छ । यसले एक्यूट किड्नी इन्जरीको खतरा बढेर जान्छ । त्यसो त यस्ता उत्पादनमा ग्लाइकोलिक एसिडको मात्रा धेरै हुँदैन । तर, यसको अत्यधिक प्रयोगले शरीरमा बेफाइदा भने अवश्य गर्न सक्छ ।

Back to top