×

सप्तरी। कञ्चनरुप नगरपालिकाको बरमझियामा आज बिहान भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन्।

कञ्चनपुरस्थित इलाका प्रहरी कार्यालयका अनुसार दुर्घटनामा परी आठ जनाको अवस्था गम्भीर रहेको छ, जसलाई थप उपचारका लागि विराटनगर पठाइएको छ। अन्य १८ जनाको स्थानीय धर्मेश्वर अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनामा मृत्यु हुनेमा उदयपुरकी २१ वर्षीया मैया राई रहेको पुष्टि भएको छ। बस उदयपुरको गाईघाटबाट काँकडभिट्टा जाँदै थियो। विपरीत दिशाबाट आएको मोटरसाइकललाई जोगाउने प्रयास गर्दा बस दुर्घटनाग्रस्त भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

घटनास्थलमा उद्धार कार्य जारी रहेको छ भने घाइतेहरुको अवस्था बारे थप विवरण आउने अपेक्षा गरिएको छ।

Back to top