×

मुम्बई । मोहित सूरीको चलचित्र ‘सैयारा’ बाट बलिउडमा डेब्यु गरेकी अनित पड्डाको भाग्योदय भएको छ। ‘सैयारा’ ले उनलाई रातारात स्टार बनायो र अहिले उनका लागि फिल्महरूको लाइन लागिरहेको छ। 

अब त उनले 'शक्ति शालिनी' नामक फिल्ममा कियरा आडवाणीलाई समेत विस्थापित गरेकी छिन्। हालै रिलिज भएको ‘थामा’ फिल्मको टिजरमा उनलाई ‘शक्ति शालिनी’ को हिस्साको रूपमा देखाइएको छ। यो देखेर फ्यानहरू उत्साहित भएका छन्। अन्ततः श्रद्धा कपूर र शर्वरी वाघपछि अनित पड्डाको म्याडक फिल्म्सको हरर कमेडी युनिभर्समा प्रवेश भएको छ।

 यो फिल्म श्रद्धा कपूर र राजकुमार रावको 'स्त्री २' पछिको म्याडक हरर कमेडी युनिभर्सको अर्को फिल्म हो।

'शक्ति शालिनी' को टिजर 'थामा' फिल्म सुरु हुनुअघि थिएटरहरूमा देखाइएको थियो। टिजरमा अनित पड्डालाई मुख्य कलाकारको रूपमा परिचय गराइएको छ। स्क्रिनमा लेखिएको थियो, 'रक्षक। विध्वंसक। सबकी माँ। 'शक्ति शालिनी' मा अनित पड्डा। फिल्म २४ डिसेम्बर, २०२६ मा रिलिज हुनेछ।'

Back to top