×

वीरगञ्ज । मङ्गलवार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलवार सुनको मूल्य प्रतितोला ३ लाख १७ हजार रुपैयाँ कायम भएको हो । १० ग्राम सुनको मूल्य २ लाख ७१ हजार ७ सय ७५ रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।

सोमबार सुनको मूल्य प्रतितोला ३ लाख १३ हजार २ सय रुपैयाँ रहेको थियो भने १० ग्राम सुन २ लाख ६८ हजार ५ सय २० रुपैयाँमा कारोबार भएको थियो । यसअनुसार एकै दिन सुन प्रतितोला ३ हजार ८ सय रुपैयाँले बढेको हो ।

त्यस्तै चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार चाँदीको मूल्य प्रतितोला ५ हजार ७ स २० रुपैयाँ पुगेको छ भने १० ग्राम चाँदीको मूल्य ४ हजार ९ सय ४ रुपैयाँ कायम भएको छ ।

सोमबार चाँदी प्रतितोला ५ हजार ४ सय १० रुपैयाँ र १० ग्राम ४ हजार ६ सय ३८ रुपैयाँ रहेको थियो । यसअनुसार चाँदी प्रतितोला ३ सय १० रुपैयाँले बढेको महासङ्घले जनाएको छ ।

Back to top