×

सांकेतिक तस्बिर ।

वीरगञ्ज । लगातार बढिरहेको सुनको मूल्य बिहीबार घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला २ हजारले घटेको हो ।

आजको मूल्यअनुसार सुन एक तोला बराबर तीन लाख १७ हजार रुपैयाँ पर्नेछ । अघिल्लो दिन प्रतितोला तीन लाख १९ हजार रुपैयाँ रहेको थियो । 

यस्तै, चाँदीको भाउ तोलामा २०५ रुपैयाँले घटेर पाँच हजार ५१५ रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन पाँच हजार ७२० रुपैयाँमा कारोबार भएको थियो ।

Back to top