वीरगञ्ज । साताको अन्तिम दिन शुक्रवार सुनको मूल्य तोलामा २ हजार ८ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रवार सुनको मूल्य प्रतितोला ३ लाख १४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन बिहीबार ३ लाख १७ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेको छ ।
अघिल्लो दिन बिहीबार प्रतितोला ५ हजार ५ सय १५ रुपैयाँमा कारोबार भएकोमा शुक्रवार ५ हजार ४ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।