जय ट्रफी एलिट कप फाइनलमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबविरूद्ध नियन्त्रण बनाएको छ।
मुलपानीको माथिल्लो मैदानमा जारी खेलको दोस्रो दिन सकिँदा आर्मी दोस्रो इनिङसमा १ सय ७८ रन, ९ विकेटको स्थितिमा छ।
पुलिसले बिहीबार जितका लागि लक्ष्य प्राप्त गर्नेछ। पहिलो इनिङसमा दुवैले समान रन बनाएका थिए। पहिलो इनिङमा आर्मीले ५८ ओभर २ बलमा सबै विकेट गुमाएर २ सय २१ रन बनाएको थियो।
उसका लागि इमरान शेखले ५० रन बनाएका थिए । रासिद खानले ४, करण केसी र ललित राजजंशीले तीन(तीन विकेट लिएका थिए।
पुलिसले पनि ६१ ओभर ४ बलमा अल आउट हुँदै २ सय २१ रननै बनायो। पुलिसले बुधबार ४१ रन तीन विकेटको अवस्थाबाट दिनको सुरुवात गरेको थियो।
दिनेश खरेल १७ र रादिसले १५ रन जोडे। आरिफ शेख र करण केसीले इनिङस सम्हाले। अरिफले ४४ रन बनाउँदा करण ७२ रनमा अविजीत रहे। सोमपाल कामीले ५ विकेट हात पारे। दोस्रो इनिङसमा बुधबार आर्मीका कुनै पनि खेलाडीले अर्धश्तक बनाउन सकेनन्।
इमरान शेख १६, त्रितराज दास २०, भिम सार्की ३२ र कुशल मल्ल ३६ रनमा पभेलियन फर्किए। कप्तान विनोद भन्डारी १२ रनमा मैदान बाहिरिए।
बासिर अहमदले खाता खोल्न सकेनन् । साहब आलमले ३३ रन जोडे। साविक विजेताका लागि सागर ढकाल, ललित र करणले तीन(तनि विकेट लिए।