×

इरानी विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिका र इजरायलले फेब्रुअरी २८ देखि सुरु गरेको सैन्य कारबाहीमा इरानभर ६ सय भन्दा बढी विद्यालयहरू ध्वस्त भएको बताएका छन्।

जसमा एक हजार भन्दा बढी विद्यार्थी र शिक्षकहरू मारिएका वा घाइते भएका छन्। जेनेभामा संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को आकस्मिक बहसमा भिडियो लिंकमार्फत बोल्दै अराघचीले दक्षिण इरानी शहर मिनाबको एउटा प्राथमिक विद्यालयमा नियोजित आक्रमण भएको दाबी गर्दै १७५ भन्दा बढी विद्यार्थी र शिक्षकहरूको मृत्यु भएको जानकारी दिए। 

अराघचीले शजरेह तय्यबेह विद्यालयलाई निशाना बनाउनु युद्ध अपराध र मानवताविरुद्धको अपराध भएको र यसको सबैले कडा निन्दा गर्नुपर्ने र दोषीहरूलाई जवाफदेही बनाउनुपर्ने माग गरे। उनले आक्रमणकारीहरूले अन्तर्राष्ट्रिय मानवीय कानूनको व्यापक र व्यवस्थित रूपमा उल्लंघन गरेको आरोप लगाए।

Back to top