वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर ९, घण्टाघरको पूर्वतर्फ जिल्ला प्रशासन कार्यालय जाने मार्गमा अवस्थित मुक्तिनाथ ज्वेलर्समा आइतबार दिउँसो चोरीको घटना भएको छ। उक्त ज्वेलर्सका प्रोप्राइटर गौतम सर्राफका अनुसार दिउँसो करिब १ बजे दुई महिलाको समूहले सामान हेर्ने बहानामा पसलबाट सुनचाँदीका केही सामान चोरी गरेका छन्।
उनीहरूको भान्जा सो समयमा पसलमा रहेका थिए। सोमबार मौज्दात मिलान गर्ने क्रममा केही सामान कम देखिएपछि CCTV फुटेज जाँच गरिएको र करिब ५० हजार रुपैयाँ बराबरको सामान चोरी भएको स्पष्ट प्रमाण भेटिएको सर्राफले बताए।
घटनापछि सर्राफले नेपाल सुनचाँदी व्यवसायी संघ पर्सा तथा जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दर्ता गर्ने तयारी भइरहेको जानकारी फोनमार्फत दिएका छन्।