×

बारा । जितपुर सिमरा उपमहानगरपालिका–१३ पोतामा सञ्चालन भइरहेको पाँचौं पुरुष खुला नकआउट भलिबल प्रतियोगिताको दोस्रो दिन हिजो तीन खेल सम्पन्न भएका छन्। सगरमाथा युवा समाज क्लबको आयोजनामा जारी प्रतियोगिता स्थानीय वडा कार्यालयको खेल मैदानमा भइरहेको हो।

पहिलो खेलमा थस्कौल बारा र महोत्तरीबीच प्रतिस्पर्धा भएको थियो, जहाँ महोत्तरीले उत्कृष्ट प्रदर्शन गर्दै जित हात पार्यो। दोस्रो खेल आयोजक सगरमाथा क्लब र मिलन चोक बारा बीच सम्पन्न भयो, जसमा आयोजक टोली विजयी बन्न सफल भयो।

तेस्रो खेल मकवानपुर र सर्लाहीबीच तय भए पनि मकवानपुर टोली उपस्थित नभएपछि सर्लाहीलाई स्वतः विजयी घोषित गरिएको आयोजकले जानकारी दिएको छ।

प्रतियोगितामा विजेता टोलीले १ लाख रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ५० हजार रुपैयाँ नगद पुरस्कार पाउने छ। स्थानीय तहमा खेलकुदको विकास तथा युवाहरूलाई खेलकुदप्रति आकर्षित गर्न प्रतियोगिता आयोजना गरिएको आयोजकको भनाइ छ।

Back to top