×

वीरगञ्ज । GPL गहवा प्रिमियर लिग–२०८३ सिजन–१ आजदेखि सुरु भएको छ। वडा नम्बर ८का युवा क्रिकेट खेलाडीहरूलाई लक्षित गर्दै आयोजना गरिएको वडा स्तरीय क्रिकेट प्रतियोगिताको उद्घाटन शिल्ड अनावरणसहित सम्पन्न भएको हो।

आयोजक वडा नम्बर ८ का वडा अध्यक्ष रितेश गुप्ताको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा पहिलो खेलमा पानीटंकी गोर्खालीले गहवा वेरियर्सलाई पराजित गर्दै विजयी सुरुआत गरेको छ।

कार्यक्रमका प्रमुख अतिथि राम नरेश यादवले घरेलु खेलाडीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउन यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले GPL टुर्नामेन्ट केवल सुरुआत मात्र नभई खेलाडीहरूको भविष्य निर्माण गर्ने कोशेढुंगा सावित हुने उल्लेख गर्दै सहभागी खेलाडीहरूलाई उच्च मनोबलका साथ खेल्न शुभकामना दिएका थिए।

उद्घाटन कार्यक्रममा वीरगञ्ज कलेजका प्रशिक्षक डा. दिपेन्द्र चौधरी, ठाकुर राम क्याम्पसका कन्हैया झा, श्रीराम गिरी, गफार हवारी, अली असगर, वडा नम्बर ८ का समाजसेवीहरू, आठवटै टिमका खेलाडी तथा टुर्नामेन्ट संयोजक यूडी बाइ सेफ कम्प्युटर एजुकेशनका प्रशिक्षक बंशीधर गुप्तालगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमको सञ्चालन उद्घोषक श्याम विनय चौधरीले गरेका थिए।
 

Back to top