वीरगञ्ज । जारी आइपिएलमा चेन्नई सुपर किङ्ग्सलाई हराउँदै सनराइजर्स हैदरावाद प्लेअफमा पुगेको छ । गए राति भएको खेलमा चेन्नईलाई ५ विकेटले हराउँदै हैदरावाद प्लेअफमा प्रवेश गरेको हो ।
घरेलु मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८० रन बनाएको थियो । चेन्नईका लागि डेवाल्ड ब्रेभिसले ४४, सञ्जु सामसनले २७ तथा शिवम दुवेले २६ रन बनाएका थिए ।
चेन्नईलाई मध्यम स्कोरमा समेट्न हैदरवादका कप्तान प्याट कमिन्स ३ तथा सकिब हुसेनले २ विकेट लिएका थिए ।
जवाफी ब्याटिङमा हैदरावादले १९ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो । हैदरावादका लागि इशान किशानले ७०, हेनरिक क्लासेन ४७ तथा अभिषेक शर्माले २६ रन प्रहार गरे ।
यो खेलको नतिजापछि हैदरवादसँगै गुजरात टाइटन्स पनि एकसाथ प्लेअफमा पुगेको छ । योसँगै प्लेअपमा पुग्ने टोलीको संख्या तीन पुगेको छ । यसअघि रोयल च्यालेञ्जर्स बैंगलोर प्लेअफमा पुगेको थियो ।
अब एक टोली प्लेअफमा पुग्न बाँकी छ ।