×

पानी पिउने पनि सही समय र तरिका हुन्छ । हामीले पानी पिउँदा गर्ने साना गल्तीहरूले फाइदा भन्दा बढी हानि पुर्‍याउन सक्छ । मानिसहरू प्रायः नुहाइसकेपछि तुरुन्तै पानी पिउनु फाइदाजनक हो कि हानिकारक भन्ने कुरामा अलमल्लमा पर्ने गर्छन् ।

नुहाउने बित्तिकै पानी पिउनाले पाचन प्रणाली कमजोर हुन्छ वा तन्तुहरू कमजोर हुन्छन् भनेर भनिन्छ । तर यो गलत हो । मेडिकली हेर्ने हो भने नुहाइसकेपछि पानी पिउनाले शरीरले हाइड्रेशन पाउँछ, कुनै पनि प्रकारको हानी गर्दैन ।

  • पानीको तापक्रममा ध्यान दिनुस्

पानी पिउँदा सम्झन पर्ने एउटा महत्त्वपूर्ण कुरा के छ भने नुहाउने बित्तिकै चिसो पानी पिउनाले चाहिँ स्वास्थ्य समस्याहरू निम्त्याउन सक्छ र शरीरलाई अस्थायी झट्का पनि लाग्न सक्छ ।

नुहाउने बित्तिकै पानी पिउँदै हुनुहुन्छ भने तपाईँ कोठाको तापक्रम वा थोरै चिसो पानी पिउन सक्नुहुन्छ । यसले शरीरलाई हाइड्रेट गर्न मद्दत गर्छ ।

  • कति बेरपछि पानी पिउनु उत्तम हुन्छ ?

नुहाउने बित्तिकै तुरुन्तै पानी पिउनबाट बच्नुहोस् । बरु नुहाएको १५ देखि २० मिनेट पछि पानी पिउनु राम्रो हुन्छ । तपाईँ कोठाको तापक्रममा पानी पिउन सक्नुहुन्छ । थोरै चिसो पानी पनि स्वीकार्य छ, पानी धेरै चिसो नहोस् भनेर सावधान रहनुहोस् ।

  • बसेर पिउनुहोस् पानी

पानी पिउने सही तरिका पनि महत्त्वपूर्ण छ । उभिएर पानी पिउनु हुँदैन । जहिले पनि पानी पिउँदा बसेर पिउनु पर्छ । बसेर पानी पिउँदा स्नायु प्रणाली र मांसपेशीहरूलाई आराम मिल्छ ।

  • यो समयमा पिउनै पर्छ पानी

विज्ञहरूले बिहान उठ्ने बित्तिकै कोठाको तापक्रममा वा थोरै मनतातो पानी पिउन पनि सिफारिस गर्छन् । यसले शरीरबाट विषाक्त पदार्थहरू बाहिर निकाल्न मद्दत गर्छ र पेट राम्रोसँग सफा गर्छ ।

(अस्वीकरणः सल्लाहसहितको यो सामग्रीले सामान्य जानकारी मात्र प्रदान गर्दछ, थप जानकारीका लागि सधैँ विशेषज्ञ वा आफ्नो डाक्टरसँग परामर्श गर्नुहोस् ।)

Back to top