×

वीरगन्ज २३ साउन । वीरगन्जमा ठुला ठुला ब्यापारीक घरानाले राजस्थानबाट मान्छे वोलाई नोकरी त दिएकै छन नोकरीको साथ साथै यो देशको नागरिकता समेत बनाई दिएको तथ्य उजागर भएको छ ।

भारतको राजस्थान सरदाश शहर बस्ने चन्द्रप्रकाशले वीरगन्ज महानगर पालिका साबिक वडा नं. १३ हाल १० ठेगाना देखाई झुठो विवरण पेश गरि नागिरकता लिएको पोल खुलेको छ ।

डेढ दशक मात्र अगाडी वीरगन्ज आएका चन्द्रप्रकाशले यहाँबाट हासिल गरेको नागिरकता मा चन्द्रप्रकाश अग्रवाल उल्लेख गरिएको छ ।

हालको मितीसम्म उनि भारतिय नागरिक नै रहेको चन्द्रप्रकाश जस्ता हजारौ भारतियहरु पैसामा नागरिकता खरिद गरेर दुवै तिर मत हालि सरकार बनाइरहेको छन ।

Back to top