×

बिरगन्ज ६ भदौ । नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मंत्रालय सडक विभागको अनुसार उत्तर दक्षिण व्यापारिक मार्ग बिस्तार आयोजना अन्तर्गत पथलैया,परवानीपुर,गण्डक वीरगन्ज सडकखण्डसमेत बिस्तार हुने गरि स्वीकृत भई आएकोले उक्त खण्डमा राजपत्रको अधिकार क्षेत्र केन्द्र बिन्दुबाट दाया बाया २५ /२५ मिटरभित्र पर्ने सरकारी गैरसरकारी र निजी स्वामित्वको भौतिक संरचनाहरु (घर, टहरा, पर्खाल आदि) र ती भित्रका काम लाग्ने सामग्रीहरु आफै हटाई विकास निर्माण कार्यमा सहयोग गरि दिन हुन सबै बर्गसंग अनुरोध गरिएको छ ।

सोही अनरुप जिल्ला प्रशासन कार्यालय पर्साका जिल्ला प्रमुख अधिकारी नारायणप्रसाद भट्राई र सडक डिभिजन कार्यालय हेटौडाका प्रोजेक्ट मैनेजर सजय कुमार मिश्रा बिच गत महिनाको साउन ३२ गते भएको छलफलमा सरकारी गैरसरकारी र निजी स्वामित्वको भौतिक संरचनाहरु (घर, टहरा, पर्खाल आदि) हटाउने अन्तिम म्याद छठ पर्व दिवा अर्घ २०७६ /०७ / १७ सम्म हुने र यस कार्यालयलाई लिखित जानकारी गराई सो भन्दा अगाडी आफै हटाउने हुनेलाई कदर पत्र प्रदान गरिने घोषणा गरिएको छ ।

साथै सो क्रममा खटेका कर्मचारी हरुलाई नाप र जाच गर्न, चिनो लगाउन तथा घर जग्गाको लगत संकलन गर्न सहयोग गर्नुहुन सम्पूर्ण सरोकारवाला बर्गमा अनुरोध गरिएको छ ।

अन्यथा अतिक्रमण क्षेत्र उपर सार्वजनिक सडक एन (२०३१ को दफा १९, उपदफा २,३, र दफा ३० को उपदफा ३ बमोजिम कार्यवाही भई हुनजाने क्षति प्रति स्वयम् जिम्मेवार हुने बेहोरा सम्बन्धित सबै लाई जानकारी गराइएको छ ।

Back to top