×

वीरगंज, अशोज १६ - पर्सा जिल्लाको बिन्दबासिनी गाउँपालिकास्थित इटिहाईमा कुस्ती प्रतियोगिता आयोजना गरिएको छ । बिन्दबासिनी गाउँपालिका वडा नं. ३ को इटिहाही टोलमा बिहिबार युवा नेता मधुसुदन चौरसिया कुस्ती प्रतियोगिताको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका चौरसियाले कुस्ती मधेसको पहिचान रहेको बताए । उनले कुस्ती खेल भन्दा पनि मधेसी समुदायको परम्परा रहेकोले यसको संरक्षण र प्रवर्द्धन गर्न आवश्यक रहेको भने ।

नेता चौरसियाले कुस्ती खेलले आज अन्तर्राष्ट्रिय पहिचान पाईसक्दा पनि हाम्रो देशबाट खासै कुस्ती खल्ने पहलवानहरुलाई समेत अन्तर्राष्ट्रिय खेलको लागि तैयार पार्न आवश्यक रहेको भने । उनले यहाँका पहलवानहरुलाई अन्तर्राष्ट्रिय स्तरको कुस्ती खेल्न तैयार गर्न राज्य र समाजले समेत सहयोग गर्न आवश्यक रहेको बताए ।

कार्यक्रममा स्थानीय अगुवा बाबुलाल चौरसिया, प्रेम चौरसिया, विक्रम पटेल, नथुनी चौरसिया, महिन्द्रा साह, देवनारायण साह, जय प्रकाश चौरसिया, सन्तोष चौरसिया, मुनिलाल दासलगयात स्थानिया नेता तथा अगुवाहरुको उपस्थिति रहेको थियो भने रिखी साह, ओमप्रकाश सहनी, अमरजित चौरसिया, अनुज चौरसिया, चन्द्रमोहन चौरसिया, सुजीत चौरसियालगयात स्वयंसेवकहरुको सहयोगमा प्रतियोगिता सम्पन्न भएको थियो।

Back to top