वीरगंजको बसडिल्वा गाविस हाल वडा नं २९ मा पुजापाठको निम्ति जितन चौबेलाई भारतबाट त्यहाँका मान्छेहरुले बोलाएका थिए । जितन चौबेको छोरामध्ये एक मदन चौबे आर्थिक अवस्था धेरै खराब भएको कारण त्यस बखत गाउँका असामाजिक तत्वहरुसंग मिलेर घर–घरमा सेन काट्ने काम गर्थे ।
सेन काट्दै गर्दा पक्राउ परेपछि गाउँलेहरुको कब्जाबाट उनकै स्वजातीय तात्कालिन स्वर्गवासी गाविस प्रमुख मदन उपाध्यायले दुई चार झापड लगाएर मदन चौबेलाई गाउँ निकाला गरेका थिए ।
त्यही मदन चौबे केही वर्षको भारत बसाईपछि अहिले आएर वीरगञ्जमा एकाएक लगभग आधा दर्जन भवन, करौडौंको हिरा जवाहरातलगायत औषधी कारखानको मालिक भएको देख्दा स्थानीय बासिन्दाहरु छक्क परेका छन् । अझ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डामेका तात्कालिन नेपाल आयल निगमका प्रबन्धक रामाज्ञ चुतर्वेदीको छोराको दोस्रो ससुरा बनेपछि चौबेको चर्तिकला चुलिएको छ ।
अवैध रकम आर्जन गर्न पल्केका अर्का सम्धी आफू अनुकूल पाएपछि चौबे अहिले आफूलाई सर्वशक्तिमान ठान्ने गरेका छन् । भ्रष्टाचारी चतुर्वेदीको साथ सहयोग पाएर नेपाल–भारत दुवै देशमा वैध अवैध नोट तथा आर्थिक कारोबारमा वर्चस्व जमाएका चौबेको बारेमा दुवै देशमा छानबिन हुने सम्भावना बढेर गएको छ ।
मदन चौबेको बुवा जितन चौबे नेपालको नागरिक नभएको भएपनि मदनले झूटो विवरण पेश गरी बंशजको नाताले नेपाली नागरिकता लिएको तथ्य सार्वजनिक भएको छ । नेपालमा बंशजको नाताले रजगज गर्दै आएका मदन चौबे भारतको निर्वाचन आयोगले तयार गरेको राष्ट्रिय मतदाता पोर्टलको सेवा सूचीमा उनी २०७६ मंसिर २४ गतेसम्म भारतीय मतदाता रहेको उल्लेख छ ।
बिहार राज्य विधानसभा रक्सौल पहचान पत्र क्रमांक भ्एक्ष्ऋ लय। श्द्यज्ण्टछठछण्द्द रहेको मदन चौबे भारतीय मतदाता रहेको प्रष्ट किटान गरेको छ । यस्ता दुवै देशका नागरिक रहेका व्यक्तिहरुमाथि नेपाल तथा भारत सरकारले कस्तो कारवाही गर्ने हो ? त्यसको प्रतिक्षा आम जनमानसले गरिरहेको छ । सभार नेपाल आज डट कम बाट