×

 

वीरगन्ज ११ पुस । शिवम बचत तथा ऋण सहकारी सस्था लिमिटेड बीरगन्जको ९ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । बीरगन्जको नगर सभा गृहमा साधारणसभाको उदघाटन गर्दै प्रदेश सभा सदस्य राजेश्वर साह तेलीले अहिले प्रदेश नम्बर २ मा सहकारी ऐन नियमावलीहरु सदनबाट पारित हुन बाँकी रहेकोले चाडैं पारित गर्न आफुले पहल गर्ने बताउनुभयो ।

विगत ४ महिना देखि प्रदेशसभा बैठक नबसेको र आगामी १४ गते हुने बैठकबाट यो नियमावली पारित गराउन पहल गर्ने उहाँको भनाई छ । अब प्रदेश २ को सरकार पनि फेरबदल हुन सक्ने अवस्था रहेको प्रदेश सभा सदस्य तेलीले बताउनुभयो ।

संस्थाका अध्यक्ष शिवजी प्रसाद कलवारको सभापतित्वमा समपन्न साधारणसभाको उद्घाटन सत्रमा राष्ट्रिय सहकारी बैंकका सन्चालक समिति सदस्य शम्भु गुत्ता, राष्ट्रिय सहकारी बैंकका सन्जय महतो, नेपाल पत्रकार महासघ पर्साका अध्यक्ष श्याम बन्जारा, विसकोका दिल्ली विक्रम कार्की, गृह लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका रवि श्रीवास्ताव, विराट लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका कुन्दन प्रसाद पाल, जिल्ला बचत तथा ऋण सहकारी सघका अध्यक्ष राजेश पण्डित, कलवार कल्याण महासघका राजेन्द्र प्रसाद कलवार, राजेन्द्र जैसवाल लगायतले शुभकामना मनतब्य व्यक्त गरेका थिए । सस्थाले तीन जनालाई सम्मानित समेत गरेको थियो । कार्यक्रमको सहजिकरण कमला गिरीले गर्नुभएको थियो ।

Back to top