वीरगन्ज ३ भैत । आन्द्रामा दुत जमेर जीवन-मरण संग लडडै गरेको एक दुधी बालकको सफल शल्यक्रीया पछि डाक्टरहरुले ज्यान बचाउन सफल भएका छन् । वीरगञ्जस्थित नारायण वयोधा अस्पतालमा एक महिने दुधे बालाको हाइपरट्रोफिक पाइलोरिक स्टेनोसिस अर्ठाक अर्थात आन्द्रामा दुत जम्ने समस्याको सफल शल्यक्रीया पछि ज्यान जोगिएको हो ।
जितपुर-सिमरा उपमहानगरपालिका बकुलिया टोलकी राधा चौधरीको एक महिने बच्चा (छोरा) विगत केहि दिन देखि आन्द्रामा दुध जम्ने समस्याबाट ग्रसित थिए । छोरालाई दुध खुवाउनसाथै उसले बान्ता गर्ने गरेको चौधरीले बताइन ।
भारत बिहारको विभिन्न अस्पताललगयात वीरगञ्ज, चितवन, मकवानपुरका समेत कयौं अस्पतालमा उपचार गराउँदा बच्चाको उपचार नहुन सकेपछि अभिभावकले नारायण वयोधा अस्पतालको ढोका ढक्ढकाएका थिए । बच्चा फागुन १७ गते वयोधा अस्पतालमा भर्ना भए लगतै डा. विनोद कुमा रायको टोलिले परिक्षण गरेको थियो । परिक्षणमा बच्चाको आन्द्रामा दुध जम्ने समस्या रहेको अस्पताल प्रशासनले जानकारी दिएको छ ।
डा. रायको टोलिले बच्चाको पेटबाट सानो आन्द्रामा दुध पुर्याउने नलीको सफल शल्यक्रीया (रम्स्टेड पाइलोरोमायोटोमी) गरे पछि बच्चाको ज्यान जोगिएको थियो । बच्चालाई गत फागुन २३ गते डिस्चार्ज गरिएको छ । बच्चाले अहिले दुधा खाए पछि बान्ता नगर्ने र दिनप्रतिदिन स्वास्थ्य हुँदै गएको आमा चौधरीले बताइन ।
नारायणी वयोधा अस्पतालका बाल शल्यक्रीया बिभागमा १ महिना देखि १६ वर्षसम्मका बच्चाको उपचार र शल्यक्रिया व्यवस्था छ । गतवर्ष मात्र खुलेको नारायणी वयोधा अस्पतालले आफुलाई छोटो समयमा क्षेत्रको सबैभन्दा गुणस्तरीय र भरपर्दो अस्पतालका रुपमा स्थापित गर्न सफल भएको छ ।