×

वीरगंज, ७ चैत्र । वीरगंजको भवानी रिर्सच सेन्टर अस्पतालका डाक्टरको लापरवाहीले गर्दा एक सुत्केरी महिलाको ज्यान गएको पिडीतहरुले आरोप लगाएका छन ।

सर्लाही हरिवन वडा नं ११ बस्ने २१ वर्षीय जहना खातुनको ज्यान गएको हो । उनले नियमित रुपमा हरिवनको हेल्थ पोष्ट सरकारी अस्पतलामा उपचार गराउंदै आएकी थिईन ।

उनको गर्भमा साढे सात महिनाको बच्चा थियो । घरमा हुदां उनलाई एक्कासी शरीर दुख्न थालेपछि नजिकै भएको हेल्थ पोष्टमा उपचार गराउदां खातुनको उपचार त्यहाँ सम्भव नभएपछि थप उपचारको लागी बीरगंजको भवानी अस्पतालमा गत शनिवार रेफर गरिएको थियो ।

भवानी अस्पतालमा उपचारको लागी आएकी २२ वर्षीय जहना खातुनलाई भवानी अस्पतलाका वरिष्ठ गाईनोकोलोजिष्ट प्रसुती तथा स्त्री रोग बिशेषज्ञ डाक्टर दिप्ती यादवले उपचार गर्नुभएको हो ।

चार दिनसम्म खातुनको उपचार भवानी अस्पतालमा हुदां केही समस्या नआएको तर बुधवार डिलेभरी गर्नुभन्दा अगाडी खातुनलाई ब्लड प्रेसर हाई भएको र उपचारमा समस्या देखीएपछि मुटु छाती, पेट तथा थाईराईड रोग बिशेयज्ञ तथा वरिष्ठ फिजिसियन डाक्टर अच्युतान्द लाल कर्णले उपचार गरेको मृतक खातुनका आफन्त पर्ने शेष रेहानले बताए । डा. दिप्ती यादवले खातुनको शल्यक्रिया गरेर बच्चा जन्माएकी थिइन् ।

डाक्टरको लापरवाहीले गर्दा नै मेरो छोरीको ज्यान गएको उनका ठुला बुवा शेष साबीरले अंकुश दैनिकलाई बताए । हिजो सम्म डाक्टरले तपाईको छोरी अब छिटै घर जाने भनेका थिए तर छोरीको उपचारको क्रममा डाक्टरहरुको त्रुटिले गर्दा आज छोरी गुमाएको शेषले भने ।

अन्य बिरामीहरुसंग भवानी रिर्सचका डाक्टरहरुले उपचारमा लापरवाही नगरोस भन्दै पीडित पक्षले दोषी डाक्टरलाई कारवाहीको मांग गरेका छन् ।

यस सम्बन्ध डाक्टर दिप्ती यादव र अच्चृतान्द संग बुझन खोज्दा सम्पर्कमा आउनु भएन तर भवानी रिर्सच सेन्टरका प्रशासकिय अधिकुत बालमुकुन्द उप्रेतीले अस्तालको डाक्टरसंग उपचारको क्रममा कुनै किसीमको लापरवाही नभएको प्रतिक्रिया दिएका छन मृतक खातुनले जन्माएको बच्चा भने स्वथ्य रहेको अस्पतालले जनाएको छ ।

Back to top