×

 

वीरगन्ज २० चैत । माछापुच्छ्रे बैंकले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोक्न रुपैया १ करोड ६ लाख बराबरको सहयोगको घोषणा गरेको छ ।

बैंकले कोरोना रोकथाम तथा उपचार र आवश्यक तयारीका लागि केन्द्रिय सरकार अन्तर्गतको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषलाई रु.५१ लाख उपलब्ध गराउने घोषणा गरेको छ भने सात वटै प्रदेश सरकारलाई रुपैया ५-५ लाखका दरले कुुल ३५ लाख रकम सहयोग हस्तान्तरण गरिसकेको छ ।

आज सात वटै प्रदेश सरकारका मुख्य मन्त्रीहरुलाई रुपैया ५-५ लाखका दरले कुुल ३५ लाखको चेत्र हस्तान्तरण गरिरहेको छ । यसअघि बैंकले आमनागरिकको स्वास्थ्यलाई ध्यानमा राख्दै काठमाण्डौं महानगरीय प्रहरी कार्यालयको समन्वयमा काठमाण्डौ र भक्तपुरका अत्यन्त भिडभाड हुने प्रमुख १६ स्थानहरुमा पानी ट्यांकी सहित हातधुने ठाउँको व्यवस्था गरेको थियो ।

साथै, स्थानीय निकायहरुको समन्वयमा बैंकले लकडाउनको कारण दैनिक ज्यालामजदुुरी गरेर छाक टार्दै आएका अति विपन्न परिवारलाइ खाद्यान्न उपलब्ध गराएको हो । उक्त कार्यहरुमा बैंकले रुपैया २० लाख खर्च भएको जनाएको छ । बैंकले कोरोना विरुद्ध देशभरका अभियानलाई सघाउन संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्दै रु.१ करोड ६ लाख सहयोग गरेको हो ।

बैंकिङ्ग क्षेत्र अत्याबश्यक क्षेत्र अन्र्तगत पर्ने भएको हुँनाले माछापुच्छ्रे बैंकले लकडाउनको समयमा हरेक दिन देशका विभिन्न स्थानमा शाखा कार्यालयहरु खोल्दै आएको छ । बैंकले भाइरसको संक्रमण जोखिम न्यूनिकरणका लागि अत्याबश्यक बाहेकका अन्य कामको लागि सकेसम्म बाहिर ननिस्किन आग्रह गर्र्दै बैंकिङ्ग कारोबारका लागि बैंकले प्रदानगर्दै आइरहेका बिभिन्न डिजिटल भुक्तानीका माध्यमहरुको उपयोग गर्न सबैंमा आग्रह गरेको छ ।

बैंकले प्रदान गर्दै आइरहेका डिजिटल भुक्तानीका माध्यमहरुबाट कारोबार गर्दा कुनै पनि शुल्क नलाग्ने हुदाँ नगद कारोबारलाई कम गरिदिनुहुन समेत सम्पूर्ण ग्राहकमहानुभावहरुमा आग्रह गरेको छ ।

Back to top