×

वीरगञ्ज १ बैशाख । भारतीय मिडियाले प्रशारण गरेको समाचारका कारण विवादमा परेका पर्साको जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मिया मुखियाको पनि स्वाब परिक्षणका लागि हेटौंडाको प्रयोगशालामा पठाइएको छ। मियासँगै उनको घरमा रहेका परिवारका सदस्यसहित ३४ जनाको स्वाब सोमबार संकलन गरि परिक्षणका लागि हेटौंडाको प्रयोगशालामा पठाइएको हो।

नारायणी अस्पतालबाट खटिएका स्वास्थ्यकर्मीको टोलीले वीरगन्जको पावरहाउस चोक नजिकै रहेको मियाको घरमै पुगेर कोरोना संक्रमणको आशंकामा परिक्षणका लागि मियासहितको उनको परिवारका १७ जनाको स्वाब संकलन गरेको हो। पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललीत बस्नेतले वीरगन्जमा कोरोना भाइरसका ३ जना भारतीय संक्रमीत भेटिएपछि शंकास्पद व्यक्ति सबै व्याक्तिका स्बाब संकलन गर्न स्थानीय प्रशासनले नारायणी अस्पताललाइ निर्देशन दिएको बताए। त्यस क्रममा ३ जना संक्रमितसँगै सम्पर्कमा रहेका र अन्य शंकास्पद गरि सोमबार ३४ जनाको स्वाब संकलन गरि परिक्षणका लागि हेटौंडाको प्रयोगशालामा पठाइएको जानकारी दिए। उनले भने 'मियाको मात्र नभइ शंकास्पद सबैको स्वाब संकलन गरेर प्रयोगशालामा पठाउने निर्देशन अस्पताललाई दिएका छौं। त्यहि अनुसार अस्पतालले काम गरिरहेको छ।

आफुले नै स्वास्थ्यकर्मीलाई घरमा बोलाएको र प्रहरीको टोली पनिसँगै आएर स्वाब लिएर गएको अध्यक्ष मियाले बताए। भारतीय मिडियाले आफु माथि लगाएको भ्रामक र निराधार आरोप झुठो रहेको पुष्टि गर्नका लागि नै आफुले आफनो परिक्षणका लागि स्वास्थ्यकर्मीलाई घरमा बोलाएको मियाले बताए। भारतको टिभी ९ , न्युज १८ , जि न्युज , एबीपीलगायतका टेलिभिजन च्यानलले नेपालको पर्साको जगरनाथपुरको जानकीटोला निवासी जालिम मिया मुखिया नामका व्याक्तिले नेपालबाट कोरोनाका शंकास्पद ४० देखि ५० बिरामीलाई भारतमा घुसपैठ गराउन साजस गरिरहेको खबर भारतीय सुरक्षाकर्मीको हवाला दिएर चैत २८ गते प्रशारण गरेका थिए। साभार annapurnapost.com

Back to top