×

वीरगञ्ज, बैशाख ९ - नेपालमा १ जना संक्रमित थपिएका छन् । थपिएसँगै संक्रमितको संख्या ३२ पगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका क्रममा उदयपुरका ३३ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

'आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा उदयपुरबाट संकलन गरिएको नमुना पिसिआर नमुना परीक्षण १ जनाको परीक्षण पोजेटिभ देखिएको छ । उनी ३३ वर्षीय पुरुष हुन्' उनले भने 'अन्यको नुमना परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा, धरानस्थिति बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, कोसी अस्पतालमा भइरहेको छ ।'

Back to top