वीरगञ्ज १७ भदौ । महिलाहरुको महान तिजपर्व नजिकै संगै तिजको अवसर पारेर बुधबार बिरगञ्जको एक होटेलमा तिज दर खाने कार्यक्रम मनाएका छन ।
अरुबेला कामकाजले गर्दा महिलाहरु एकआपसमा भेटघाट नहुने र बिवाहित महिलाहरु माईत जान नपाएको धेरै भएको हुदा चेलिबेटिहरुलाई यस दिन बोलाई मिठा–मिठा खानेकुराका परिकार बनाई खाने उत्सवको रुपमा यसलाई लिने गर्दछन ।
राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल बिरगञ्जका अध्यक्ष ओम कुमारी शर्माको अध्यक्षता र बिरगञ्ज महानगर पालिकाकि उपमेयर सुश्री शान्ति कार्कीको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल प्रदेश नम्बर २ को अध्यक्ष सुमित्रा सापकोटा, फेमिन ब्युटी होम एन्ड ट्रेनिङ्ग सेन्टर बिरगञ्जको सन्चालिका गुड्डि जोशी, नेपाल व्युटिसियन संघ पर्साका अध्यक्ष उर्मिला थापा, कार्य समितिका पदाधिकारी पिन्की गुप्ता, सुनिता मानन्धर, प्रिति सिंह, लगायत्काको सहभागिता रहेको थियो ।
तिजको दर खाने कार्यक्रममा प्रमुख अतिथि शान्ति कार्कीको ९१ बर्षको उमेरमा पनि नाचेर सबैलाई हौसला बढाएका थिए ।
