×

वीरगञ्ज, १५ कार्तिक । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यसपालिको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ । समितिका कार्यकारी निर्देशक एवं सदस्य सचिव सूर्यप्रसाद ढुङ्गेलकाअनुसार २० गते शनिवार बिहान ११ बजेर २ मिनेटमा उत्तम साइत रहेको छ । सकेसम्म उत्तम साइतमा नै भाइटीका लगाउनु पर्ने ढुङ्गेलको सुझाव छ ।

उत्तम साइतमा टीका लगाउन नभ्याए १२ बजेभित्र टीका लगाउन सकिने उनले बताए । 
शास्त्रकाअनुसार मनुष्यको पूजा मध्यान्नकाल भित्रै गर्नुपर्ने उल्लेख भएकाले सकेसम्म १२ बजे भित्रै भाइटीका गर्नुपर्छ । 

यो समयमा पनि टीका लगाउन नभ्याए दिनभरि नै लगाउन सकिन्छ । यसपालिको तिहार १६ गतेदेखि सुरु हुँदैछ । यसपालि तिथि घटबढ भएकाले काग तिहार र कुकुर तिहार एकै दिन परेको छ ।

पर्सि बिहान कागको पूजा गरेपछि कुकुरको पूजा गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । 
 

Back to top