×

जाडो महिना सुरू हुने बितिक्कै हामीलाई धेरै र न्याना किसिमका कपडाको आवश्यक पर्दछ । न्याना कपडाको साथै स्टाइलिस पनि देखिनुपर्ने हुन्छ । यसै मौसममा तपाईं छुट्टी मनाउन जानु होस् वा पार्टीहरूमा, के लगाउने भन्ने कुरा सबैको दिमाखमा आउँछ । फेरी चिसोबाट टाढा रहने र स्टाइलिश देखिने कपडा छान्नुपर्छ ।

यदि तपाईंसँग राम्रो फेसनको ज्ञान छैन भने यो एउटा समस्या बन्न सक्छ । त्यसैले आज हामी तपाईलाई त्यस्ता ४ विकल्पहरू बताउन गइरहेका छौँ जुन जाडोमा स्टाइलिश र आरामदायी लुकका लागि उत्तम हुन्छ ।

स्वेटर संग स्कर्ट

जाडोमा पनि सावधानीपूर्वक स्कर्ट लगाउन सकिन्छ । स्वेटरको साथमा घुँडासम्म आउने लामो स्कर्ट लगाउनुहोस् । स्कर्टको संयोजन हाई नेक स्वेटरसँग राम्रो देखिन्छ र जुत्तामा थाई हाई बुटहरू लगाउन सकिन्छ । जसले जाडोबाट पनि जोगाउँछ र तपाई स्टाइलिस पनि देखिनुहुनेछ

वानपिसका साथ स्टकिङ र जु्त्ता

जाडोमा छोटो लुगाको बारेमा सुन्ने बितिक्कै पनि चिसो महसुस हुन्छ । तर चिसोमा यस्ता कपडा नयाँ उपाए लगाएर लगाउन पनि सकिन्छ । वानपिस भित्र कपडा लगाउनुहोस्, र खुट्टामा स्टकिङ र घुँडासम्म आउने लामो जुत्ता लगाउनुहोस् । यसका साथमा घाँटीमा मफलर छ पनि लगाउन सक्नु हुनेछ । अब कुनै डेनिम वा छालाको ज्याकेट लगाउनुहोस् । यसमा तपाईंको  समग्र लुक धेरै स्टाइलिश देखिन्छ ।

जीन्स संग लामो ज्याकेट

जीन्स हरेक सिजनको लागि उत्तम पहिरन हो । स्टाइल देखि आराम सम्म, हरेक लुकमा जीन्सले साथ दिन्छ । त्यसैले जाडोमा फुल स्लिभ सर्ट वा टी-सर्टको साथ जीन्स लगाउनुहोस् र यसमा घुँडा सम्म आउने लामो कोट पनि लगाउनुहोस् । यसमा भने एंकल सम्म आउने जुत्ता लगाउनुहोस् । यस्ता पहिरनले तपाईं धेरै स्टाइलिश देखिनुहुनेछ र आराम पनि महसुस गर्नुहुनेछ ।

स्वेटरको साथ हाई वेस्ट ट्राउजर

तातो हुने किसिमको स्वेटर लगाउनुहोस् र कम्मर भन्दा माथिल्लो भाग सम्म आउने प्यान्ट लगाउनुहोस् । यसमा छोटो किसिमको जुत्ताको संयोजन उत्कृष्ट देखिन्छ । छुट्टी होस् वा अफिस वा साथीहरूसँग घुम्न, यो पोशाक सबै ठाउँको लागि उपयुक्त छ ।

Back to top