×

विस्तारामा गएपनि निदाउन सक्नु भएको छैन भने यी १० उपाय अपनाउनुहोस् जसले तपाईलाई मस्तसँग निदाउन मद्दत गर्नेछन्।

१. घामको ताप्नुहोस्
हरेक दिन सूर्यको प्रकाशमा बस्ने गर्नुहोस्। यसले साँझमा थकित अनुभव गराउँछ। जसले तपाईलाई समयमै निद्रा पर्छ। साथै सूर्यको किरणबाट प्राप्त हुने भिटामिन डी पनि प्राप्त हुन्छ।

२. व्यायाम गर्नुहोस्
बाहिरफेर हिँड्ने बानी गर्नुहोस् जसले तपाईंलाई राम्रो निद्रा पर्छ। समयमै निदाउन सक्ने मानिसले आफ्नो नियमित काम पनि प्रभावकारी रूपमा गर्न सक्छ।

३. साँझको समय चिया, कफी सेवन नगर्ने
चिया, कफीले निद्रा भगाउने काम गर्छ। त्यसैले साँझमा सानो कफी सेवन नगर्नुहोस्।

४. खाना खानेबित्तिकै नसुत्नुहोस्
खाना खानेबित्तिकै सुत्नु स्वास्थ्यका लागि राम्रो मानिँदैन। त्यसकारण खाना खाएको दुई÷तीन घन्टापछि मात्र ओछ्यानमा जानुहोस्।

५.साँझ पर्नेबित्तिकै सुत्ने गर्नुहोस्
राति छिटो सुत्ने बानी गर्नोस्। छिटो सुत्ने बानीले तपाईंलाई आनन्द त मिल्छ नै। साथै राम्रो निद्रा पनि पर्छ।

६.ओछ्यानमा जानुअघि यसो गर्नुहोस्
नुहाउनुहोस्, दाँत माझ्नुहोस् र उपयोगी पुस्तकका केही पृष्ठ पढ्नुहोस्। हरेक साँझ यसो गर्नुभयो भने तपाईंको शरीरलाई तालिकामा चल्ने अभ्यास हुन्छ। यस्तो अवस्थामा शरीर आफैले सुत्ने समय भएको सन्देश दिन थाल्छ।

७.ओछ्यान आनन्दयुक्त बनाउनुहोस्
निदाउन शरीरलाई १६ देखि १८ डिग्री सेल्सियस तापक्रम उचित मानिन्छ। जब बाहिर बढी तापक्रम हुन्छ तब भित्रको वातवरण केही चिसो बनाउनुहोस्। बाहिर जाडो छ भने भित्र केही न्यानो बनाउनुहोस्।

८.ओछ्यान चिटिक्क पार्नुहोस्
सकेसम्म आफ्नो सुत्ने कोठा, ओछ्यान सफा र चिटिक्क पार्नुहोस्। यसका लागि तन्ना, सिरकजस्ता कुरा नरम किसिमका एवं सुन्दर रङका छनोट गर्नुहोस्। कोठामा कुनै पनि सामान लथालिंग रूपमा नराख्नुहोस्। ढुक्क हुनुहोस्, यस्तो वातवरणमा सजिलै निद्रा पर्छ।

९.निदाउने बेला भूतका कथाहरू नसुन्नुहोस्
डरलाग्दा भूत या अपराधका फिल्म हेर्ने बानी छ भने तुरुन्त छाड्नुहोस्। यस्ता फिल्मले तपाईंको मन अनावश्यक डर पैदा गर्छ र निद्रामा बाधा पार्छ। साथै निदाइहाले पनि नराम्रा सपना देखिन्छ।

१०.सुत्ने समयमा नकारात्मक नसोच्नुहोस्
आँखा बन्द गर्ने बेलामा राम्रा विचार मात्र मनमा ल्याउनुहोस्। जुन विचार गहिरो निद्रा नआउँदासम्म जारी राख्नुहोस्। निश्चित रूपमा तपाईंलाई निद्राले छोप्नेछ।

Back to top