चिसो महीनाको सुरुवात भए संगै मानिसहरु चिसो पानीबाट नुहाउन डराउने गर्दछन । प्राय मानिसहरु गर्मी महीना भन्दा चिसो महीनामा थोरै मात्रामा नुहाउने गर्दछन् । यदी नुहाउनै परे अक्सर पानी तताएर मात्र नुहाउने गर्दछन । तर हामीलाई यो थाहा हुदैन की तातो पानीले नुहाउँदा के हुन्छ भनेर,
प्राय सबैलाई जाडो मौसममा तातो पानीले नुहाउन मन पर्छ र जाडोमा हामी सबै तातो पानीले नुहाउँछौं । चिसो मौसममा, तातो पानीले नुहाइसकेपछि आराम भएको महसुस गर्दछौ ।
तर धेरै अनुसन्धानले देखाए अनुसार तातो पानीको तापक्रम ३२ डिग्री सेल्सियस सम्मको पानीमा नुहाउन उपयुक्त हुन्छ तर ३२ डिग्री सेल्सियस भन्दा बढि छ भने हाम्रो छाला र कपाल बिगार्न सक्ने सम्भावना रहन्छ भन्ने कुरा प्रमाणीत गरेको छ ।
डाक्टरहरुका अनुसार लामो समय तातो पानी मा नुहाउँदा प्रजनन क्षमता लाई असर गर्नु का साथै शरीरमा उर्जाको स्तर कम गर्ने गर्दछ । धेरै तातो पानीले छालाबाट चिस्यान शोषण गर्दछ जसले गर्दा छालामा संक्रमणको जोखिम हुने गर्दछ ।
साथै छालाको टिशुहरु मरेर समस्या संगै कपालमा चाँया बढ्न सक्ने सम्भावना धेरै हुने गर्दछ । तातो पानीले हात खुट्टा र नङमा पनि असर गरी बिभिन्न रोगहरु निम्त्याउन सक्दछ ।