वीरगन्ज ६ कातिक पूर्वराजा ज्ञानेन्द्र शाहको अभिव्यक्तिको वीरगन्जमा स्वागत गरेका छन । हिन्दु अान्दाेलन पुर्ण स्थापना समिति पर्साका अध्यक्ष नगिना यादवले एक विज्ञप्ती मार्फत पूर्वराजा ज्ञानेन्द्र शाहको अभिव्यक्तिको स्वागत गरेका छन ।
शुभकामना सन्देशमा पूर्वराजा ज्ञानेन्द्र शाहले भनेका थिए, ‘दुवोको माला, मखमली र गोदावरी फूलको मालाको महत्व नबुझ्ने तर कागजको फूलको सुवास खोज्ने परिस्थितीमा हामी हिडिरहेका छौं, मुलुकमा नेतृत्व नभएको जस्तो देखिएको छ, त्यसैले अब समय आएजस्तो लाग्छ, जिम्मेवारी दिन र नेतृत्व लिन तयार छु ।’ भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा दलका नेताहरुले पैसा , रक्सी र मासुको बलमा चुनाव जितेको आरोप लगाउदै अध्यक्ष यादवले अब आइरहेको प्रतिनिधी र प्रदेशसभाको निर्वाचनमा पनि फेरि नेताहरुले पैसा , रक्सी र मासुमा किन्ने प्रयत्न गर्ने भएकाले त्यसबाट जनतालाइ सजग बनाउनका लागि नै ज्ञानेन्द्र साहले मुलुकको नतृत्व सम्हाल्न इच्छा देखाएको र त्यसमा सबै जनताले साथ दिने बताए।