×

वीरगञ्ज । स्वतन्त्र मानवअधिकार समाज, केन्द्रीय कार्यालय वीरगञ्जको आयोजनामा सोमबार वीरगञ्जको घण्टाघरस्थित शिव अस्पताल नजिक रहेको सूर्यनारायण मन्दिर परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।

समारोहका प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा लेखा समिति संयोजक केसी लामिछानेले रुद्राक्षको बिरुवा रोपेर कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो। कार्यक्रममा विशिष्ट अतिथि सनातन हिन्दू मोर्चाका अध्यक्ष सन्तोषानन्द महाराज तथा अतिथि स्नेही नेपालका संयोजक भूपेन्द्र पौडेललगायत अन्य अतिथिहरूले पनि विभिन्न प्रजातिका बिरुवा रोपेर वातावरण संरक्षण अभियानमा ऐक्यबद्धता जनाउनुभएको थियो।

समाजका सभापति कृष्णकुमार खनालको सभापतित्वमा सम्पन्न कार्यक्रमको सहजीकरण महासचिव दीपक साह कानुले गर्नुभएको थियो। कार्यक्रममा उपसभापति नन्दकिशोर यादव, सचिव आशिषकुमार मिश्र, सहकोषाध्यक्ष रामभरोस यादवसहित समाजका पदाधिकारी तथा सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमअन्तर्गत एक वटा रुद्राक्ष, दुई वटा अमला, एक वटा बेल तथा एक वटा फूलको बिरुवा रोपिएको समाजका सभापति कृष्णकुमार खनालले जानकारी दिनुभयो।

कार्यक्रममा सहभागी वक्ताहरूले वृक्षारोपण केवल औपचारिक कार्यक्रम नभई वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा भावी पुस्ताका लागि स्वच्छ वातावरण निर्माण गर्ने महत्वपूर्ण अभियान भएको उल्लेख गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।

Back to top