फाईल फोटो
वीरगञ्ज । पर्साको बहुदरमाई नगरपालिका – ५ भौराटारमा आगलागी भएको छ ।
स्थानीय रामजोधा महतो नुनियाको घरमा विद्युत् सर्ट सर्किट भई आगलागी भएको अस्थायी प्रहरी पोस्ट डकैला बहुअरीका प्रहरी सहायक निरीक्षक नगिना यादवले जानकारी दिए ।
आगलागीमा मानवीय क्षति नभए पनि नुनियाको घर जलेर पूर्ण रूपले नष्ट भएको छ । घरमा रहेको भाडा बर्तन, लत्ताकपडा, गरगहना, नगद तथा धान,गहुँ र चामल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
बहुदरमाई नगरपालिका, स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आएको थियो । आगलागीबाट अन्दाजी ६ लाख रुपैयाँ बराबरको बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।