×

वीरगञ्ज । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ चाफी टोल निवासी ६४ वर्षीया वृद्ध महिला माइता सिंह थिङ बाख्रा चराउन गएको बेला बाघको आक्रमणमा परेकी छन् ।

आज बिहान भएको घटनामा बाघको आक्रमणबाट थिङ सामान्य घाइते भएको स्थानीयवासीले जानकारी दिएका छन् । स्थानीयका अनुसार बाख्रा चराउन गएका मानिसहरूको संख्या बढी भएकाले उनीहरूले सामूहिक प्रयासबाट बाघलाई भगाउन सफल भएका थिए ।

आक्रमणमा घाइते भएकी थिङलाई उपचारका लागि वीरगञ्ज ल्याइएको प्रहरीले जनाएको छ । प्रहरी चौकी रंगपुर टाडी का अनुसार घाइतेको अवस्था सामान्य रहेको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्सा ले जनाएको छ ।

Back to top