वीरगञ्ज । पर्साको सखुवाप्रसौनी गाउँपालिकास्थित दलित मुक्ति प्राथमिक विद्यालयमा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न भएको छ ।
सखुवाप्रसौनी – ५ स्थित दलित मुक्ति प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि आयोजित छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न भएको हो ।
स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी, भर भलाद्मी, अगुवा, अभिभावक र सञ्चारकर्मीहरूको उपस्थितिमा कक्षा १ देखि ५ सम्म अध्ययनरत १ सय ७५ विद्यार्थीलाई चार सय रुपैयाँको दरले छात्रवृत्ति प्रदान गरिएको प्रधानाध्यापक नवलकिशोर प्रसादले जानकारी दिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोरख रामको सभापतित्वमा कार्यक्रम आयोजना गरिएको प्रअ प्रसादले बताए ।