×

तरकारी खाने सिमी जति स्वादिलो हुन्छ त्यति नै फाइदाजनक पनि हुन्छ । यसमा कैयौं पोषक तत्वहरु पाइन्छन् जो हाम्रो शरीरका लागि एकदमै फाइदाजनक हुन्छन् ।

सिमी खाँदा धेरै विमारीहरुबाट बच्न पनि सकिन्छ । खानपानमा सिमीलाई अवश्य समावेश गराउनुहोस् । यो तरकारी तथा गेडालाई दालको रुपमा पनि प्रयोग गरिन्छ ।

यसमा पर्याप्त मात्रामा फाइबर हुने भएकाले कब्जियत, पेट दुख्ने आदि समस्याबाट आराम पाइन्छ । तौल कम गर्नका लागि पनि यसलाई खानामा समावेश गराइन्छ । यसलाई खाँदा लामो समय पेट भरिएको महसुस हुन्छ जसले गर्दा धेरै खानबाट बच्न सकिन्छ ।

यसलाई खाँदा कोलेस्ट्रोलको मात्रालाई नियन्त्रण गर्न सकिन्छ । जसले गर्दा मुटु पनि स्वस्थ हुन्छ । यसबाहेक यो लिवरका लागि पनि राम्रो तरकारी मानिन्छ ।

विशेषगरी मधुमेहका विरामीहरुलाई सिमी खाने सल्लाह दिइन्छ । यसमा ग्लाइसेमिक इन्डेक्स पाइन्छ जसले मधुमेहको समस्यामा सहयोगी हुन्छ । सिमीमा प्रोटिनको मात्रा राम्रो हुन्छ । त्यसैेले यसलाई बच्चाहरुका लागि पनि फाइदाजनक मानिन्छ ।

Back to top