×

पुनम कुमारी चौधरी : वीरगञ्ज । संस्कार र सस्कृतिका हिसाबले धनि मानिन्छ, थारु समुदाय । त्यसमा पनि पर्सा, बारा, रौतहट लगायत पश्चिमी जिल्लाका थारु महिलाहरु परम्परागत सीपमा दख्खल राख्छन् । तर पनि पछिलो समय थारु पहिचानसँग जोडिएको ढकिया, पथिया, लोप हुने अवस्थामा छन् । नयाँ पुस्ताले बुन्ने सामग्री बनाउनतर्फ चासो नदिँदा लोप हुने अवस्थामा पुगेको हो ।

थारु समुदायमा ढकिया पथियाको एकदम धेरै महत्व रहेको छ । जस्तो पुजाको लागि होस् या शुभकार्यको लागि प्रयोग गरिने, विवाहमा दाइजो तथा मृत्यवरणको बेला दानको रुपमा ढकिया, पथिया दिने थारु समुदायमा चलन रहेको छ । कुनै औपचारीक कार्यक्रम भएमा पनि स्वागतको लागि या मायाको चिनोको रुपमा पनि प्रयोग गरिने गरिएको छ भने अतिथिहरुलाइ उपहारका रुपमा दिने चलन पनि रहदै आएको थारु कल्याण कारीणिका सचिव मनोज चौधरी बताउँछन् । 

पर्सा जिज्लामा थारु समुदायको पुर्खौदेखि चल्दै आएको संस्कृती र परम्परा अहिले लोप हुदै गएको छ । ढकिय, पथिया बुनेर त्यसमा कोसेली दिने र घरायसी काममा पनि प्रयोग गर्ने प्रचलन छ । ढकिया, पथिया बुन्न चाहिने कच्चा पदार्थ जंगलबाट ल्याउनुुपर्ने हुँदा असुरक्षित महसुस हुने, मेहनत धेरै लाग्ने तर आम्दानी न्युन हुने भएकाले पनि यो पेशा लोप हुदै गएको चौधरीको तर्क छ । 

स्थानिय सरकारले थारु समुदायको महिलाहरुका लागि बजारको व्यवस्थापन गरीदिन सकेमा परम्पराका साथै सस्कृतीको पनि जगेर्ना हुने स्थानीय इन्द्रागान्धी चौधरीको भनाइ छ । 
पर्सा जिल्लको पटेर्वा सुगौली गाउपालिका र जीराभवानि गाउपालिकामा थारु समुदायकै जनप्रतिनीधिहरु निर्वाचित छन् । 

यी दुई वटा पालिकामा  थारुहरुको बाहुल्यता छ । त्यसैगरी सखुवाप्रसौनि र पर्सागढी नगरपालिकामा पनि थारु समुदायको बाहुल्यता छ । यी स्थानीय तहले माघी महोत्सवको लागि बजेट बिनियोजन गरेपनि अन्य क्षेत्रमा भने खासै ठोस योजना र बजेट ल्याउन नसकेको पाइन्छ । 

‘ढकियाको बजारीकरण गर्नका लागि काठमाणडौका विभिन्न क्षेत्रसँग कुरा गरेको छु । यो विषयमा हाम्रो पालीका एकदम गम्भिर छ । थारु समुदायको सीप संरक्षणमा हामी कुनै कसर बाँकी राख्दैनौ ।’ पटेर्वासुगौली गाउँपालिकाकी उपाध्यक्ष ममता महतो थारुले भनिन् । 

थारु समुदायको ढकिया पथिया लोप नहोस भनेर जीराभवानि गाउँ पालिकामा ५ सय जना थारु समुदायका महिलाहरुको समुह बनाएर प्रत्योगिताको आयोजना पनि गरिएको थियो । 
 

Back to top