वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले ५ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको छ ।
पर्सागढी नगरपालिका वडा नम्बर ३ स्थित भेडाहा खोलाबाट अवैध रुपमा चोरी निकासी गरी गिट्टी, बालुवा उत्खनन् गर्ने ५ ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रमुख प्रहरी निरीक्षक रामराजा केशरीको निर्देशनअनुसार प्रहरी चौकी मिलन चौकबाट खटिएको प्रहरीको टोलीले ट्याक्टर नियन्त्रणमा लिएको हो ।
प्रहरीकाअनुसार ना ७ त ४२०५, ना ७ त ७०३, ना ६ त ७६५५, ना ७ त १२९६ र प्रदेश २.०३००१ त ४७४७ नम्बरका ट्याक्टर नियन्त्रणमा लिइएको हो । गिट्टी बालुवाको अवैध उत्खनन्का सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।