वीरगञ्ज । पर्साको भेडाहा खोलामा अवैध उत्खनन् हुने क्रम अझै रोकिएको छैन । शुक्रवार पुनः प्रहरीले भेडाहा खोलामा गिट्टी बालुवाको उत्खनन् गरेर लोड गरिएको ट्याक्टर नियन्त्रणमा लिएको छ ।
पर्सागढी नगरपालिका वडा नम्बर ३ स्थित भेडाहा खोलाबाट बालुवा उत्खनन् भइरहेको विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पोखरियाका प्रमुख प्रहरी निरीक्षक रामराजा केशरी नेतृत्वको प्रहरी टोली त्याहाँ पुगेको थियो ।
प्रहरी चौकी मिलन चौकका प्रहरी सहायक निरीक्षक प्रमोद साह तेलीकाअनुसार ना ७ त ६२७८ र ना ७ च ३७७२ नम्बरको ट्याक्टर नियन्त्रणमा लिइएको हो । नियन्त्रीत ट्याक्टरलाई प्रहरी चौकी मिलन चौकमा राखी आवश्यक अनुसन्धान भइरहेको प्रहरी निरीक्षक केशरीले बताए ।
यसअघि बिहिवार पनि प्रहरीले अवैध उत्खनन्मा संलग्न रहेका ५ वटा ट्याक्टर नियन्त्रणमा लिएको थियो ।