×

वीरगञ्ज । पर्साबाट प्रहरीले ४२ किलो चरेससहित १ जनालाई पक्राउ गरेको छ ।

पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर ५ महुवन चौकबाट इलाका प्रहरी कार्यालय पोखरियाको टोलीले चरेश बरामद गरेको हो । 

चेकजाँचको क्रममा भैँसी बोक्ने  बा.प्र. ०३–००१ च् १५४०  नम्बरको पिकअप गाडीको सिटमुनीबाट प्रतिबन्धित लागूऔषध चरेस बरामद भएको इलाका प्रहरी कार्यालय पोखरियाले जनाएको छ । 

प्रहरीकाअनुसार चरेससहित पिकअपका चालक मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर ८ का सुमन ब्लौङ्गलाई नियन्त्रणमा लिइएको छ । 
 

Back to top