×

फाइल तस्बिर

वीरगञ्ज । पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नम्बर ३ महेन्द्रपुरबाट ३ थान सालको गोलिया बरामद भएको छ । 

सब डिभिजन बन कार्यालय रंगपुर टाडीको बन गस्ती टोलीले अन्दाजी ३५ क्युफिट सालको गोलिया बरामद गरेको हो । 

विशेष सूचनाको आधारमा गस्तीमा निस्किएको टोलीले बेवारिसे अवस्थामा ३ थान गोलिया बरामद गरेको कार्यालयका रेन्जर कपिलदेव यादवले जानकारी दिए । 
उनकाअनुसार उक्त काठको तस्करीमा संलग्न रहेका व्यक्तिहरुको खोजी भइरहेको छ । 
 

Back to top