×

वीरगञ्ज । पर्साको पटेर्वासुगौली गाउँपालिकामा हात्तिले आतंक मच्चाएको छ । गाउँपालिका वडा नम्बर १ भाथा टोलमा हात्तिले आतंक मच्चाएको हो । 

स्थानीय श्याम सुन्दर महतोको कच्ची घर, वडा नम्बर ३ निवासी ध्रुब सहनीको घर, रमेश  चौधरीको फुसको घर, सहदेव चौधरीको ब्लकको घर, रामपुरमा रहेको राम जानकी मन्दिर हात्तिले भत्काएको ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक रामराजा केशरीले जानकारी दिए । 

राति सुतिरहेको समयमा अचानक बाटो बिराएर जंगलबाट आएको हात्तिले घर भत्काएको उनको भनाई छ । प्रहरी निरीक्षक केशरीका अनुसार हात्तिले धान, चामल पनि खाएको छ । 

बुधवार राति नै पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर १ खजुरियास्थित बुधन यादवको गाइगोठमा बाघले आक्रमण गरेको छ । आक्रमणमा एउटा गाई गम्भिर घाइते भएको प्रहरी निरीक्षक केशरीले बताए ।

स्थानीयले होहल्ला गरेपछि आगो बालेर बाघलाइ भगाइएको प्रहरीले जनाएको छ । 
 

Back to top