×

त्यसो त बेसार र दूध पिउनु स्वास्थ्यका लागि एकदमै फाइदाजनक मानिन्छ । तर, एकदमै धेरै यसरी दूध पिउनु पनि घातक हुन सक्छ ।

आउनुहोस् जानौं कस्ता कस्ता व्यक्तिले बेसार भएको दूध पिउनु हुँदैन ।

– बेसारले शरीरमा भएको आइरन सोख्ने काम गर्छ त्यसैले धेरै मात्रामा बेसार दूधको सेवन गर्नु हुँदैन । यदी तपाईंलाई एनिमियाको समस्या छ भने बेसार-दूध नपिउनुहोस् ।

– बेसारमा करक्यूमिन नामक तत्व हुन्छ, जसले पेटका समस्याहरुलाई जन्म दिन सक्छ । यदी पेटसँग जोडिएका समस्या पहिलदेखि नै छन् भने बेसार-दूध नपिउनुहोस् ।

– यदि कतै बाहिर जाँदै हुनुहुन्छ वा पाचनमा कुनै गडबडी छ भने बेसार-दूध पिउनबाट बच्नुहोस् । यसले वाकवाकीको समस्या हुन सक्छ ।

– गर्भावस्थाको क्रममा पनि महिलाले बेसार-दूध नपिएकै राम्रो हुन्छ । यसले गर्भाशयमा ऐंठन, रक्तश्राव तथा पेट दुख्ने समस्या हुन सक्छ ।

– यदि तपाईंलाई कलेजोसँग जोडिएको कुनै समस्या छ भने पनि बेसार-दूध नपिउनुहोस् । यस्तोमा दूध पिउँदा पेट सुन्निने, पाचनमा गडबडी, एसिडिटी आदि समस्या बढ्न सक्छ ।

– बेसारको धेरै सेवन गर्दा एलर्जिक रिएक्सन पनि हुन सक्छ, जसकारण छालामा र्‍यासेज, चिलाउने वा स्वास फेर्न समस्या पनि हुन सक्छ ।

– बेसारदूध पिउँदा शरीरमा गर्मी बढ्छ, जसले गर्दा मुखमा घाउ आउने तथा शरीरमा फोकाहरु निस्कने जस्तो समस्या हुन सक्छ । त्यसैले यो अत्यधिक पिउनु पनि नोक्सानदायक हुन सक्छ ।

Back to top