×

फाइल तस्बिर

वीरगञ्ज ।  पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नम्बर ५ निचुटाबाट सालको काठ बरामद भएको छ ।

विशेष सूचनाको आधारमा सब डिभिजन बन कार्यालय रंगपुर टाँडीका रेन्जर कपिलदेव यादव नेतृत्वको टोलीले अवैध सालको ५ थान गोलिया बरामद गरेको हो । 

बिहिवार बिहान २ बजेको समयमा निस्किएको गस्ति टोलीले सालको काठ बरामद गरेको हो । उक्त काठ तस्करीमा संलग्न व्यक्तिको खोजी भइरहेको छ । बरामद काठलाई सब डिभिजन बन कार्यालय रंगपुरको कार्यालयमा राखिएको रेन्जर यादवले बताए । 
 

Back to top