कुनै पनि सम्बन्धमा प्रेम र सम्मान हुन एकदमै जरुरी हुन्छ । यसबाहेक तपाईं आफ्नो सम्बन्धलाई विशेष बनाउनका लागि केही चीजहरु गर्न सकिन्छ । किनकी साना साना कुराले नै सम्बन्धलाई अझ बलियो तथा राम्रो बनाउन सहयोग गर्दछ । आउनुहोस् जानौं–
- जोडी भइसकेपछि पनि एकअर्कालाई आफ्नो व्यक्तिगत समय दिनु र सम्झनुले सम्बन्धलाई अझ बलियो बनाउँछ । यसले दुबैको सम्बन्ध अझ विशेष बनाउँछ ।
- यदी तपाईं एक अर्कालाई व्यक्तिगत समय बिताउनु दिनुहुन्छ भने यसले तपाईंको आफ्नै फरक पहिचान हुनेछ । दुबै एकअर्काप्रति निर्भर हुनुहुनेछैन ।
- सम्बन्धलाई लामो समयसम्म चलाउनका लागि आपसी सहयोग तथा टिम वर्कको एकदमै आवश्यकता पर्दछ । यसले आपसमा प्रेम तथा विश्वास बढाउँछ ।
- सम्बन्धलाई विशेष बनाउनका लागि एकअर्काको भावना बुझ्न पनि उत्तिकै जरुरी हुन्छ । यसो गर्नाले तपाईं आफ्नो सम्बन्धलाई अझै राम्रो बनाउनुहुनेछ ।
- पार्टनरलाई प्रेम तथा सम्मान दिनुका साथै आफ्नो बारेमा पनि सोंच्नुपर्दछ । यदी तपाईं आफैलाई त्यति सम्मान गर्नुहुन्न भने सम्बन्धलाई बलियो बनाउन सक्नुहुन्न ।
- कुनै पनि सम्बन्धलाई सुन्दर बनाउनका लागि एकआपसमा कुराकानी तथा छलफल गर्नु एकदमै जरुरी हुन्छ । हरेक कुराको बारेमा बसेर छलफल गरियो भने कसैमा पनि गलत बुझाई रहँदैन जसले गर्दा सम्बन्ध खुला र स्पष्ट हुन्छ ।