×

पुरुषको तुलनामा कतिपय रोगहरुको खतरा महिलाहरुलाई धेरै हुने गर्छ । कैयौंपटक जानकारीको अभावले पनि महिलाहरु विमारीको शिकार हुने गर्छन् । यस लेखमा जानौं विशेषगरी महिलाहरुमा देखिने पाँच विमारीहरुका बारेमा–

पोलिसिस्टिक ओवरी सिन्ड्रोम
पोलिसिस्टिक ओवरी सिन्ड्रोमले महिलाहरुको हर्मोन लेवलमा नराम्रो असर गर्छ । यसले गर्दा महिलाहरुमा अनियमित महिनावारी, छालामा रौंहरु बढ्ने तथा मधुमेह जस्ता समस्याहरु देखिने गर्छन् ।

ब्रेस्ट क्यान्सर
महिलाहरुलाई ब्रेस्ट क्यान्सर हुने अत्यधिक खतरा हुन्छ । जसले गर्दा ब्रेस्टको आकारमा परिवर्तन, ब्रेस्ट वरिपरि गाँठो निस्कने आदि समस्या हुन्छ । यस्तो समस्या देखिएमा तुरुन्त डाक्टरसँग सम्पर्क गर्नुपर्दछ ।

कोरोनरी आर्टरी डिसेक्शन

कोरोनरी आर्टरी डिसेक्शनको कारणले रक्तनलीहरु टुक्रिन्छन् जसले गर्दा मुटुसम्म रगत पुग्न समस्या हुन थाल्छ । यो विमारी प्रायः ४० देखि ५० को उमेर समूहका महिलाहरुमा अत्यधिक देखिने गर्छ । यस्तो हुँदा छाती दुख्ने, काँधमा दुखाई तथा पसिना आउने जस्ता लक्षणहरु देखिन्छन् ।

सर्वाइकल क्यान्सर
एचपीवीको कारणले सर्वाइकल क्यान्सरको समस्या हुन सक्छ । सर्वाइकल क्यान्सर तल्लो पेटमा हुने गर्छ । यदी तपाईंलाई महिनावारी नभई पनि रक्तश्राव भइरहेको छ भने सर्वाइकल क्यान्सरको कारण हुन सक्छ ।

अटोइम्यून डिजीज
शरीरमा भाइरसले हमला गर्दा इम्यून सिस्टमले भाइरसलाई नष्ट गर्नका लागि आक्रमण गर्छ । यही स्थितिमा अटोइम्यून डिजीज पैदा हुन्छ । यो हुँदा दुखाई, ज्वरो आउने र छाला पोल्ने आदि लक्षणहरु देखिन्छन् ।

Back to top