योगासन शारीरिक तथा मानसिक स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । कतिपय मानिसमा बिहान उठेपछि थकान, आलस्यता महसुस हुन्छ । यो हटाउन योगासन फाइदाजनक उपाय हो ।
तपाईंलाई पनि यस्तो समस्या छ भने, त्यस्तै केही योगासन बारे जन्नुहोस जसले दिनभर ऊर्जावान बनाउनेछ ।
भुजंगासन
भुजंगासनले शरीरलाई लचिलो बनाउँछ । यसलाई नियमित गरेर पेटको बोसो पनि कम गर्न सकिन्छ । दैनिक यो योगासन गर्दा शरीरमा ऊर्जाको मात्रा बढ्छ ।
नौकासन
यो आसनले शरीरलाई सन्तुलित बनाउन सिकाउँछ । साथमा यसले ढाडको हड्डीलाई पनि बलियो बनाउँछ । यो आसन दैनिक गर्दा थकान तथा तनाव कम हुन्छ ।
त्रिकोणासन
यो आसन पनि तपाईं घरमै सजिलै गर्न सक्नुहुन्छ । यसले दिनभरको थकान भगाउँछ र शरीरमा ऊर्जा बनाइराख्छ । यसले शरीरलाई तन्काउने काम पनि गर्छ ।
कपालभाँती
कपालभाँती गर्नु पनि शरीरका लागि एकदमै लाभदायक मानिन्छ । यसले शरीरमा भएको बोसोलाई कम गर्छ र शरीर ऊर्जावान बनाउँछ । यसले पेटसम्बन्धी समस्या पनि कम गर्छ ।
ताडासन
ताडासन गर्दा सम्पूर्ण शरीर तन्किन्छ । यसले शरीरको पोस्चरलाई पनि राम्रो बनाउँछ । बिहान उठ्दा हुने थकान कम गर्न यो योगासन पनि अवश्य गर्नुहोस् ।