वीरगञ्ज । पर्सा प्रहरीले ठूलो परिमाणमा लागु औषध गाँजासहित एक महिलालाई पक्राउ गरेको छ।
विशेष सूचनाको आधारमा प्रहरीले ठोरी गाउँपालिका वडा नम्बर २, सुन्दरबस्तीमा जाँच गर्दा ५० किलो लागु औषध गाँजासहित अनिता गुरो पक्राउ परेको हो।
पर्सा प्रहरीका प्रवक्ता दीपक भारतीले जानकारी दिएअनुसार इलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको प्रहरी टोलीले गुरोलाई पक्राउ गरेको छ।
पक्राउ परेकी गुरोलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। उनीमाथि लागु औषध सम्बन्धी मुद्दामा अनुसन्धान प्रक्रिया अगाढि बढाइएको प्रहरीले जानकारी दिएको छ।