×

वीरगञ्ज । पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर २ बन्कुल चौकस्थित रंगपुरटाडी प्रहरी चौकीमा खटिएको प्रहरी टोलीले मादक पदार्थ सेवन गरेको आरोपमा एक एम्बुलेन्स चालकलाई पक्राउ गरेको छ।

प्रहरी साहायक निरीक्षक रामबाबु यादवको नेतृत्वमा रहेको टोलीले चेकजाँच गर्ने क्रममा भारतको नम्बर प्लेट BRO 5 PA-0421 भएको एम्बुलेन्सलाई रोकेको थियो।

चेकजाँचको क्रममा एम्बुलेन्सका चालक, जिराभवानी गाउँपालिका वडा नम्बर २ शेढवा निवासी ४० वर्षीय प्रकाश चौधरी, मादक पदार्थ सेवन गरेको अवस्थामा फेला परेका थिए।

प्रहरीले मापसेको जाँच गर्दा चौधरीले प्रहरीसँग अभद्र व्यवहार गरेको जनाइएको छ। चौधरीलाई एम्बुलेन्ससहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलिमा राखिएको छ।

घटनाबारे इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक मोहनजङ्ग बुढाथोकीले जानकारी दिनु भएको हो। थप अनुसन्धानका लागि प्रहरीको कारबाही अघि बढाइएको छ।

Back to top