×

वीरगञ्ज। तराई विकास तथा संचार केन्द्र नेपालको ‘जन्मदिनलाई सत्कर्ममा जोडौं’ अभियान अन्तर्गत आइतबार पर्साको पटेर्वा सुगौली गाउँपालिका–४ पटेर्वामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।

उक्त अवसरमा डा. प्रीती चौधरीको जन्मदिनको अवसरमा भव्य कार्यक्रमका साथ नेपाल राष्ट्रिय आधारभूत विद्यालय परिसरमा वृक्षारोपण गरिएको हो।

कार्यक्रममा सहभागीहरूले हरियालीयुक्त समाज निर्माण र पर्यावरणीय सन्तुलन कायम राख्न हरेक गाउँ र टोलमा वृक्षारोपण गर्नुपर्नेमा जोड दिएका थिए।

उपस्थित व्यक्तिहरूले ‘जन्मदिनलाई सत्कर्ममा जोडौं’ अभियानलाई प्रेरणादायी कदमको रूपमा लिँदै यसमा हरेक नागरिकको सहभागिता आवश्यक रहेको बताए। सहभागीहरूले आज गरिएका वृक्षारोपणको लाभ भावी पुस्ताले पाउने भएकाले यस किसिमको सत्कर्ममार्फत समाजसेवाको प्रेरणा लिनुपर्ने धारणा राखे।

वृक्षारोपण कार्यक्रममा पूर्वमन्त्री सुरेन्द्र प्रसाद चौधरीको प्रमुख आतिथ्यतामा, चन्द्रकिशोर चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो।

कार्यक्रममा प्रदेश सभा सदस्य श्याम पटेल, नेपाली कांग्रेस पर्साका उपसभापति अशोककुमार गुप्ता, नेपाल पत्रकार महासंघका सचिव गोविन्द चौलागाई, पर्सा उपाध्यक्ष युवराज खड्का, वीरगन्ज सामुदायिक आँखा सेवा केन्द्रका सञ्चालक महेश सिंह धामी, कांग्रेस महासमिति सदस्यहरू शैलेन्द्र कुमार यादव र रामजनम चौधरी, तथा पर्साका सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाललगायतको उपस्थिति रहेको थियो।

 

Back to top