×

वीरगञ्ज। कालिकामाई गाउँपालिका वडा नं. ३ हरिहरपुर विर्तामा शनिबार आयोजित रक्तदान कार्यक्रममा ३९ जनाले रक्तदान गरेका छन्, जसमा ५ महिला पनि सहभागी थिए।

स्थानीय समाजसेवी राजेश प्रसाद कुर्मीको व्यक्तिगत पहलमा सम्पन्न यो कार्यक्रमको उद्घाटन पूर्वमन्त्री तथा प्रतिनिधि सभा सदस्य रमेश रिजालले गरेका थिए।

उद्घाटन समारोहमा प्रमुख अतिथि रिजालले रक्तदानजस्तो मानवताको कार्यले समाजमा सकारात्मक सन्देश फैलाउने बताए। कार्यक्रममा शैलेन्द्र त्रिपाठी, विकास साह तेली, बद्री साह, रामविश्वास महतो, विकास पटेल, दीपेन्द्र कुमार कुर्मी, गम्भिरा महतो केवट, अमित कुमार महतो, कृति कुमारी, निभा देवी, शशिभूषण प्रसाद, अकलेश कुमार महतो, संजय प्रसाद चौहान, निकेश पटेल, सन्तोष प्रसाद चौरसिया, सुमन प्रसाद कुर्मी, विनय पटेल, र नसिर मियाँ लगायतले रक्तदान गरेका थिए।

रक्तदान कार्यक्रममा नेपाली कांग्रेस पर्साका प्रवक्ता रमेश पाण्डे, कोषाध्यक्ष प्रेम थापा, जिल्ला सदस्य अजय पटेल, र स्थानीय नेता राधाकिशुन चौरसिया, रजाक मियाँ लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमलाई रक्त संचार केन्द्र वीरगञ्जका प्रमुख सरौभ राज पाण्डेले पनि समर्थन गरेका थिए।

Back to top