×

वीरगञ्ज – पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिका-१, रामभौडी भाठा गादीमेला क्षेत्रमा एक पल्सर मोटरसाइकल हराएको समाचार प्राप्त भएको छ। हराएको मोटरसाइकल २२० सिसिको पल्सर रहेको छ, जसको नम्बर ना २८ प ३७३७ हो।

उक्त मोटरसाइकल आज बिहान करिब ४ बजे लक्ष्मी महतो थारुको घरबाट हराएको बताइएको छ। मोटरसाइकलका मालिक मिथलेश चौधरी हुन्, जो पटेर्वा सुगौली गाउँपालिका-३, सोनवर्शा, पर्साका स्थायी बासिन्दा हुन्।

मोटरसाइकल हराएको यस घटनाले स्थानीयहरूमा चासो र चिन्ता बढाएको छ।

Back to top